Planning, Monitoring and Administration Division
कार्यविवरण:
-
जनसंख्या तथा वातावरण सम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यहरु गर्ने र स्वीकृत कार्यक्रम कार्यान्वयन गर्ने,
-
कार्यान्वयन भैरहेका योजना तथा कार्यक्रमहरुको अनुगमन, समीक्षा तथा मूल्यांकन गर्ने,
-
कर्मचारी दरवन्दी सिर्जना तथा पदपूर्ति सम्बन्धी आवश्यक कार्य गर्ने,
-
निजामती सेवा ऐन तथा नियमावली बमोजिम मन्त्रालयका कर्मचारीलाई दिईने सुविधा, पुरस्कार तथा दण्ड सजाय सम्बन्धी आवश्यक कार्य गर्ने,
-
आन्तरिक प्रशासन र कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने,
-
कर्मचारीको लागि स्वदेशी तथा वैदेशिक तालिम तथा छात्रवृत्तिको आवश्यकता पहिचान गरी तत्सम्बन्धी संस्थाहरुसँग समन्वय गरी उपयुक्त कर्मचारीको मनोनयन सम्बन्धी कार्य गर्ने,
-
वार्षिक कार्यक्रम अनुसार बजेट तर्जुमा गर्ने,
-
मन्त्रालयको केन्द्रीय लेखा सञ्चालन गर्ने,
-
पुस्तकालयको व्यवस्थापन गरी सूचना केन्द्रका रुपमा विकास गर्ने,
-
मन्त्रालय अन्तर्गतका निकायहरुसंग समन्वय तथा सहजीकरण गर्ने,
-
वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसंग समन्वय र सहजिकरण गर्ने,
-
मातहतका कर्मचारीहरुको कामको सुपरीवेक्षण गर्ने र आवश्यक निर्देशन गर्ने,
-
मातहतका कर्मचारीको कार्य सम्पादन मूल्यांकन गर्ने,
-
प्रत्यायोजित अधिकार वमोजिम कर्मचारीको काज तथा विदा स्वीकृत गर्ने,
-
प्रत्यायोजित अधिकार बमोजिम आर्थिक प्रशासन सम्बन्धी कार्यहरु गर्ने, गर्ने,
-
मन्त्रिपरिषदमा पेश गर्ने प्रस्ताव तयार पार्ने,
-
मन्त्रालयको सूचना अधिकारीको कार्य गर्ने,
-
यस महाशाखालाई निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।